बाबुरामसहित चार जनाविरुद्ध साइबर अपराधको उजुरी दर्ता

काठमाडौं। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित चार जनाविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको उजुरी दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयमा नेकपा निकट दुई संगठनका युवा नेता सञ्जीवकुमार झा र नारायण घर्तीले उक्त उजुरी दर्ता गराएका हुन्।

पूर्व प्रधानमन्त्री डा. भट्टराई, हिसिला यमी भट्टराई, विश्वदीप पाण्डे र आङकाजी शेर्पाविरुद्ध उजुरी दर्ता गरिएको सूचना अधिकारी नुमराज खनालले जानकारी दिए। राष्ट्रिय युवा सङ्घ नेपालको तर्फबाट झा र अनेरास्ववियूका तर्फबाट घर्तीले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७, दफा ५३, ५४, ५८(क), ७४ अनुसार उजुरी दिएको उनले जानकारी दिए।

नेकपामा सांसद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अपहरण तथा शरीर बन्धक गरेको मिथ्या आरोप लगाएर सामाजिक सञ्जालमार्फत बदनाम गराएको आरोपसहित उनीहरूले जाहेरी दिएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *