सिन्धुपाल्चोकमा अज्ञात रोगले मरे भैँसी र बाख्रा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा अज्ञात रोगबाट दुईवटा लैनो भैँसी र सातवटा बाख्रा मरेका छन् । चौतारा सागाचोकगढी नगरपालिका–३ बतासे भुस्लुङ गाउँमा स्थानीय मानकुमारी थापा र कर्णबहादुर धितालको लैनो भैँसी आइतबार गोठमा मृत फेला परेको हो । ८÷१० घण्टाको अवधिमा सातवटा बोका तथा बाख्रा मरिसकेका छन् । अन्य थुप्रै बिरामी परेको वडा सदस्य खिकबहादुर थापाले बताए । नगरपालिकाका अन्य केही वडामा पनि फाट्टफुट्टरुपमा बाख्रा मर्ने गरेको स्थानीयवासीले बताएका छन् ।

गाउँमा एउटा दुहुना भँैसीको रु ८० देखि ९० हजारसम्म मूल्य पर्छ । यसरी मरेका भैँसीमा रोगको कुनै लक्षण नदेखिएको र बाख्रामा भने घँुडा सुन्निने र सामान्य छेर्ने लक्षण देखिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *