कोरोनाबाट अमेरिकामा मात्रै ६५ हजारले ज्यान गुमाए, विश्वभर ३४ लाख संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर २ लाख ३९ हजार बढीको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङकअनुसार आज बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर २ लाख ३९ जार ५ सय ७० पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ३४ लाख ३ सयभन्दा धेरै छ भने संक्रमितमध्‍ये हालसम्म १० लाख ८ हजार निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा शुक्रबार मात्रै १ हजार ८९२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६५ हजार ७४८ पुगेको हो । त्यहाँ संक्रमितको संख्या ११ लाख ३१ हजार १५ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख ६१ हजार ५५१ जना उपचारपछि निको भएका छन् ।

इटालीमा २ लाख ७ हजार ४२८ कुल संक्रमित भएका छन् भने २८ हजार २३६ जनाको मृत्यु भएको छ । यसैबीच ७८ हजार २४९ निको भएर फर्किएका छन् । बेलायतमा अहिलेसम्म एक लाख ७७ हजार ४५४ कुल संक्रमित भएका छन् भने २७ हजार ५१० जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख ४२ हजार ९८८ कुल संक्रमित भएका छन् भने २४ हजार ८२४ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ४२ हजार ४५० जना निको भएर फर्किएका छन् । फ्रान्समा एक लाख ६७ हजार ३४६ कुल संक्रमित भएका छन् भने २४ हजार ५९४ जनाको मृत्यु भएको छ । यसैबीच ५० हजार २१२ जना निको भएर फर्किएका छन् ।

बेल्जियममा ४९ हजार ३२ कुल सङ्क्रमित भएका छन् भने ७ हजार ७०३ जनाको मृत्यु भएको छ । यसैबीच ११ हजार ८९२ जना निको भएर फर्किएका छन् । जर्मनीमा एक लाख ६४ हजार ७७ कुल संक्रमित भएका छन् भने ६ हजार ७३६ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख २६ हजार ९ सय निको भएर फर्किएका छन् ।

ब्राजिलमा ९२ हजार १०९ जना संक्रमित भएका छन् भने ६ हजार ४१० जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ३८ हजार ३९ जना ठिक भएका छन् । इरानमा ९५ हजार ६४६ कुल संक्रमित भएका छन् भने ६ हजार ९१ जनाको मृत्यु भएको छ । यसैबीच ७६ हजार ३१८ निको भएर फर्किएका छन् । नेदरल्याण्डसमा अहिलेसम्म ३९ हजार ७९१ जना संक्रमित भएका छन् भने ४ हजार ८९३ जनाको मृत्यु भएको छ ।

चीनमा अहिलेसम्म ८२ हजार ८७४ कुल संक्रमित भएका छन् भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार ६४२ निको भएर फर्किएका छन् । क्यानाडामा ५५ हजार ६१ जना संक्रमित भएका छन् भने ३ हजार ३९१ जनाको मृत्यु भएको छ । त्यस्तै २२ हजार ७५१ जना ठिक भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *