फुङ्लिङ बजारमा लागेको आगो ४ घण्टापछि नियन्त्रणमा, ७ घर जलेर नष्ट [अपडेट]

काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा लागेको आयो ४ घण्टापछि नियन्त्रणमा आएको छ । शुक्रबार राती साढे १० बजे एक खाजा पसलबाट सुरु भएको आगलागी राती साढे २ बजेमात्र नियन्त्रणमा आएको हो ।

आगलागीबाट ७ वटा घर र ती घरमा रहेका ११ पसल जलेर नष्ट भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनलका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन । आगालागी सदरमुकामको न्युरोड क्षेत्रतर्फ लागेको भएको हो ।

आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल, नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, प्रमुख जिल्ला अधिकारी निरौलाको टोली, मेयर र स्थानीयवासी खटिएका थिए । प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार अहिले बिहान सर्वपक्षीय बैठक बस्दैछ । त्यसपछि क्षति विवरण संकलन गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *