नेपाल वनस्पति घ्यू तेल उत्पादक संघ द्वारा कोरोना कोषमा रु.२१ लाख सहयोग प्रदान

काठमाडौँ । हालैका विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाईरस (कोभिड १९) को कारण सारा विश्व नै स्तव्ध हुन गएको र महामारीको संक्रमणवाट जोगाउन गरीएको लकडाउन वाट औद्योगिक कलकारखाना, हवाईमार्ग, स्थलमार्ग लगायत सम्पुर्ण क्षेत्र नै पुर्ण रुपमा वन्द हुन गएको छ ।

यस विषम परिस्थितिमा राहत, उपचार तथा नियन्त्रणका लागी खडा गरेको नेपाल सरकारको स्वामित्वमा रहेको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा माननीय उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट मार्फत उद्योग सचिव चन्द्र कुमार घिमिरे र वाणिज्य तथा आपुर्ति सचिव डा. वैकुण्ठ अर्याल समेतको उपस्थितिमा आज शुक्रबार यस नेपाल वनस्पति घ्यू तेल संघका अध्यक्ष सन्दिप कुमार अग्रवाल, नि.अध्यक्ष विकास दुगड, सदस्यहरु, कमल कुमार वेगानी, श्याम कुमार लोहिया र आनन्द वगरीया समेतको प्रतिनिधी मण्डलले राहत स्वरुप रु. २१,००,०००।– अक्षरेपी रु. एक्काईस लाख रकम सहयोग प्रदान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *