बहराइनमा थप ३१ नेपालीमा कोरोना पुष्टि, संक्रमितको संख्या १५७ पुग्यो

काठमाडौं । बहराइनमा थप ३१ जना नेपाली कामदार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यहाँस्थित नेपाली दूतावासका अनुसार पछिल्लो पटक परीक्षण गर्दा ३१ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

थप ३१ जनाका कोरोना पुष्टि भएसँगै बहराइनमा संक्रमित हुने नेपालीको संख्या १ सय ५७ पुगेको छ । यसअघि १२६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो ।

बहराइन सरकारले सबै नेपालीको आफ्ना नागरिक सरह नै उपचार गरिरहेको र अवस्था सामान्य छ ।दूतावासका अनुसार बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *