२७ दिनकाे उपचारपछि घर फर्किए कैलालीका दोस्रो कोरोना संक्रमित युवक
२०७७ वैशाख ९ गते

वैशाख ९, धनगढी । धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय कोरोना संक्रमित युवक डिस्चार्ज भएका छन् ।
सुदूरपश्चिममा पहिलो कोरोना संक्रमितका रुपमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका युवकको अन्तिम रिपार्ट पनि नेगेटिभ आएपछि मंगलबार २८ औं दिनमा डिस्चार्ज भइ घर फर्किएका हुन् ।
उनको चौथो र पाँचौं रिपार्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले जानकारी दिए ।

दुबईबाट आएका युवकलाई चैत ११ गते कोरोना पोजिटिभ पुष्टि भएको थियो । कोरोना संक्रमितमध्ये उनी सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज हुने दोस्रो व्यक्ति हुन् ।
यसअघि कैलालीकै लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक डिस्चार्ज भएका थिए । अस्पतालमा अझै तीन जना उपचाररत छन् ।
२०७७ वैशाख ९ गते
प्रतिक्रिया
सम्बन्धित








