भायानेटमाथि साइबर हमला : १ लाख ७० हजार ग्राहकका व्यक्तिगत विवरण बाहिरिए

काठमाडौं । इन्टरनेट प्रदायक कम्पनी भायानेटमाथि साइबर हमला भएको छ । मंगलबार राति ह्याकर समूहले साइबर हमला गरेको खुलासा भएको हो ।   

ह्याकर समूहले कम्पनीको आन्तरिक प्रणालीमा अनाधिकृतरुपमा प्रवेश गरेर भायानेटका १ लाख ७० हजार ५ सय ग्राहकका व्यक्तिगत विवरण सार्वजनिक भएका गरेका छन्  ।   

इन्टरनेट प्रयागकर्ताको नामसहित इमेल, फोन नम्बर र ठेगानालगायत समम्पूर्ण विवरण  ह्याकर समूहले सार्वजनिक गरेको जनाइएको छ ।   

ट्विटर ह्यान्डलमार्फत तथ्यांक चोरी भएको तथ्य सार्वजनिक गरिएको थियो ।   

ह्याकरहरुले कहिले र कसरी डाटा चोरी गरे भन्नेबारे कम्पनीले अनुसन्धान सुरु गरेको जनाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =