डाक्टर बाबुराम भट्टराईको प्रश्नः सरकार डिप्रेशनमा हो ?

चैत्र २०, काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज (बिहीबार) बिहान सामाजिक सञ्जाल ट्वीटरमा एक प्रश्न गरे–‘के पुरै सरकार डिप्रेशनमा गएको हो ?’ 

उनको प्रश्न नयाँ पत्रिकामा प्रकाशित उप प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अन्तर्वार्तातिर लक्षित थियो ।  

भट्टराईले रक्षामन्त्री पोखरेलले अस्वस्थ प्रधानमन्त्री केपी ओलीको अनुपस्थितिमा डिफ्याक्टो प्रमको जिम्मेवारी सम्हालेको भन्दै उनले सरकार डिप्रेशनमा गएको हो भन्दै प्रश्न गरेका हुन् ।  

अन्तर्वार्तामा रक्षामन्त्री पोखरेलले ‘डाक्टरहरू के–के भन्छन् मैले बुझेको छैन । तर, आवश्यक सामग्री स्वास्थ्य सेवा विभागको अगुवाइमा सबै ठाउँमा गएका छन् । अरू हामीले जान्ने कुरा भएन’ लगायतका कुरा राखेका थिए ।  

उनले ट्वीटरमा लेखेका छन्– ‘विपत्ती एक्लै आउँदैन भनेको साँच्चै हो कि क्या हो ? अस्वस्थ प्रमको अनुपस्थितिमा डिफ्याक्टो प्रमको जिम्मेवारी सम्हालिरहनुभएका ईश्वर पोखरेलको अल्पभाषी अन्तर्वार्ता पढ्दा र अर्थ, परराष्ट्र लगायतका केही आशा गरिएका मन्त्रीहरूको कुरा सुन्दा पूरै सरकार डिप्रेशनमा हो कि क्या हो ?’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + three =