पिसाब फेर्न घरबाहिर निस्किएकी १२ वर्षीया बालिका बलात्कार, एकजना पक्राउ

वैशाख ९, सप्तरी । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।  

पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका–२ का २० वर्षीय रामजीवन यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यादवमाथि पिसाब फेर्न राति घर बाहिर निस्किएका बेला बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।  

पीडित बालिकाको दाजुले दिएको उजुरी दर्ता गरी आरोपित यादवलाई पक्राउ गरेको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । पीडित बालिकाको बयान लिएको पनि उनले बताए ।  

वैशाख ३ गते राति पिसाब फेर्न घर बाहिर निस्किएका बेला आरोपितले जबर्जस्ती नियन्त्रणमा लिई नजिकैको चौरमा लगी बलात्कार गरेको पीडितले बयान दिएकी छिन् । 

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *