लकडाउनमा सडकमा आश्रितलाई खाना खुवाइँदै

चैत्र २८, धरान । जारी लकडाउनका कारण सडकमा आश्रितहरुले खान नपाउने अवस्था आएपछि घोपा औषधी व्यवसायी संघले शुक्रबारबाट खाना खुवाउन सुरु गरेको छ । 

लकडाउनका कारण धरान बजारका सबै पसलहरु बन्द भएपछि सडकमा बस्ने तथा मागेर खानेहरुको बिचल्ली भएपछि सो संस्थाले यस्तो सहयोग गर्न थालेको हो ।  

सडकमा आश्रितहरुले भोकभोकै भएको देखेपछि संघले त्यस्ता व्यक्तिहरुलाई दिनमा एक छाक खाना खुवाउन थालेको संघका सदस्य अरुण शाहले जानकारी दिए । शाहका अनुसार दैनिक ४५ जना भन्दा बढीलाई धरानको भानुचोकमा खाना खुवाईने गरिएको छ ।  

यसअघि धरान १८ का वडाध्यक्ष प्रविण राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका बिरामीका आफन्तलाई समेत खाना खुवाउँदै आएका थिए । वीपी प्रतिष्ठानमा दैनिक ५ सय जनालाई खाना खुवाइएको शाहले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =