खैरहनीबाट गाँजासहित दुई पक्राउ

२०७६ चैत ३० गते

चैत ३०, चितवन । चितवनको खैरहनीबाट प्रहरीले गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । खैरहनी नगरपालिका वडा नम्बर ५ सलौलीबाट प्रहरीले ५ सय ५५ ग्राम अवैध लागुऔषध गाँजा सहित दुईजनालाई पक्राउ गरेको हो ।
रत्ननगर १ सौराहाचोक निवासी वर्ष २८ का बिष्णु महतो र बर्ष २९ का राजेश चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।
उनीहरु सवार प्रदेश ३–०३–००१ प ६२०० नम्बरको मोटरसाइकल रोकि खानतलासी गर्दा उनीहरुले बोकेको झोलामा गाँजा फेला परेको प्रहरी निरीक्षक मगरले बताए ।
null

२०७६ चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित