वीपी प्रतिष्ठानले आजसम्म गरेको कोरोना परीक्षणमा सबै नेगेटिभ, १४ जनाको रिपोर्ट आउन बाँकी

चैत्र २३, धरान । सरकारले आजसम्म १५२९ को कोरोना परीक्षण गरेको तथा ११३ जना आइसोलेसनमा रहेको जानकारी दिइरहँदा १ नं. प्रदेशको कोरोना ल्याब सेन्टर रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि आजसम्ममा २२७ जनाको प्रारम्भिक जाँच गरेको जनाएको छ ।   

प्रतिष्ठानले आजसम्म ५० जनाको कोरोना नमुना परीक्षण गरेकोमा ३६ जनामा कोरोना नेगेटिभ रहेको जनाएको छ । भने, १४ जनाको रिपोर्ट आउँन बाँकी रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सह–प्रवक्ता डा. अशोक ऐरले प्रतिष्ठानमा कोरोनाको आशंकामा आएका कुनैपनि विरामीको अहिलेसम्म कोरोना पोजेटिभ नदेखिएको बताए ।   

‘हामीले यस अघि टेकूमा पठाएका नमुनामा पनि कोरोना पोजेटिभ देखिएको छैन, प्रतिष्ठानमा कोरोना ल्याब सञ्चालनमा आएपछि पनि पोजेटिभ आएको छैन ।’ प्रवक्ता डा. ऐरले भने ।   

प्रतिष्ठानले आफैं लिएको २६ वटा नमुनामा २६ वटै कोरोना नेगेटिभ देखिएको छ । १९ वटा नमुना भने राष्ट्रिय प्रयोगशाला टेकू पठाएको छ । प्रतिष्ठानले १४ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ । प्रतिष्ठानले आजमात्र १४ जनाको नमुना संकलन गरेको छ ।   

प्रतिष्ठानले कोरोना भाइरस रोकथाम र उपचारको लागि विशेष योजना बनाएर काम गरिरहेको छ । यसका लागि प्रतिष्ठानमा हेल्थ डेस्क स्थापना गरीएको छ भने, कोरोना र्यापिड टिम गठन गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *