सिमान्तकृत मुसहरलाई सपना भिलेजले बाँड्यो राहत


चैत २३ गते । रत्ननगर ७ मा रहेका सिमान्तकृत मुसहर समुदायलाई सपना भिलेज सोसियल इम्प्याक्टले राहत वितरण गरेको छ । वडा कार्यालयको आग्रहमा सौराहामा रहेको सोसियल इम्प्याक्टले त्यहाँ रहेका २५ घरधुरी परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको हो ।
वडाअधयक्ष लालबहादुर भट्ट र बछौली चौकीका प्रतिनिधिको उपस्थितिमा चामल, मस्यौरा, नुन, तेल र सावुन वितरण गरिएको सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिए ।
एक जनाको परिवारलाई ५ किलो चामल, नुन, तेल, मस्यौरा, सावुन, ३ देखी ४ जना सम्मको परिवारलाई २० किलो, नुन, तेल, मस्यौरा र सावुन, ५ देखी ७ जना सम्मको परिवारलाई २५ किलो चामल, नुन, तेल, मस्यौरा र सावुन तथा ७ जना भन्दा माथिका परिवारलाई ३० किलो चामल, नुन, तेल, मस्यौरा र सावुन वितरण गरिएको अध्यक्ष गिरीले बताए ।
null
सपना भिलेज सोसियल इम्प्याक्टले दुई दिन अघि इच्छाकामना गाउँपालिका वडा नम्वर १ र २ का ६३३ घरपरिवारलाई ४/४ थानका दरले सावुन वितरण समेत गरेको थियो ।
