आफ्नै घरमा मृत भेटिए ‘टम एण्ड जेरी’ का निर्देशक
२०७७ वैशाख ९ गते

वैशाख ९, काठमाडौं । बालबालिकामा लोकप्रिय एवम् चर्चित कार्टुन ‘टम एण्ड जेरी’ का निर्देशक जिन डिचको निधन भएको खबर सार्वजनिक भएको छ ।
९५ वर्षीय निर्देशक डिचको निधन बिहीबार भएको थियो । तर परिवारले निधन भएकोडिचको परिवारले सोमबार मात्रै खबर सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
सार्वजनिक खबर अनुसार जिन आफ्नै घरमा मृत भेटिएका हुन् । जिनकी श्रीमती र तीन छोरा छन् । उनको परिवारका सबै कार्टुनिस्ट हुन् ।

जिन ‘टम एण्ड जेरी’ को १३ वटा श्रृङ्खला निर्देशन गरेका थिए। अमेरिकी एयरलाइन्सका लागि ड्राफ्टम्यानका रुपमा समेत उनले काम गरेका थिए । आफ्नो फिल्म ‘मुन्रो’ बाट उनले अस्कर अवार्ड जितेका थिए, बेस्ट एनिमेटेड सर्ट फिल्म विधाका लागि। सोही विधाका लागि सन् १९६४ मा समेत मनोनित भएका थिए।
२०७७ वैशाख ९ गते
प्रतिक्रिया
सम्बन्धित








