धनगढीमा उपचाररत कोरोना संक्रमित युवकलाई डिस्चार्ज गर्ने तयारी

वैशाख ७, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप एक जना कोरोना संक्रमित सफल उपचारपछि घर फर्किन लागेको जनाएको छ। सेती अञ्चल अस्पतालमा उपचाररत कोरोना संक्रमित २१ वर्षीय युवा स्वास्थ्य लाभगरी आज घर फर्काइन लागिएको मन्त्रालयले जनाएको छ।   

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पिसिआर विधिबाट कोरोना स‌ंक्रमितको परीक्षण गर्दा लगातार दुईपटक रिपोर्ट नेगेटिभ आएकोले ती युवालाई डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको जानकारी दिए। कैलालीको लम्की निवासी २१ वर्षीय युवाका पछिल्ला दुई रिपोर्टमा लगातार कोरोना नेगेटिभ आएका छन्।   

भारतबाट नेपाल फर्किएका उनको कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ पाइएको थियो। 

यसअघि हिजो टेकू अस्पतालमा उपचार गरारहेकी काठमाडौंकी युवती र बागलुङकी ६५ वर्षीया वृद्धा निको भएर अस्पतालबाट फर्किएका थिए। आज डिस्चार्ज हुने युवासहित नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या चार पुगेको छ।  

नेपालमा अहिलेसम्म ३१ जनामा कोरोना संक्रमण देखिएको छ। शनिबार उदयपुरमा थप एकजना ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। हाल  उपचाररत २७ जनाको स्वास्थ्य पनि सामान्य रहेको उनले बताए।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + thirteen =