घरमै सुरक्षित बस्ने कि सडकमा उभिएर प्रशिक्षण दिने ?

वैशाख ३, विराटनगर । प्रहरीले विराटनगरमा लकडाउन उल्लङ्घन गर्नेहरुबाट प्रशिक्षण लिन सुरु गरेको छ । लकडाउन उल्लङ्घन गर्नेको संख्या बढ्दै गएपछि प्रहरीले मंगलबार बिहानदेखि उल्लङ्घन गर्नेहरुलाई सडकमा उभ्याएर प्रशिक्षण लिन थालेको हो ।   

प्रहरीका अनुसार उनीहरुलाई डेढदेखि दुई घण्टासम्म सडकमा उभ्याएर उनीहरुबाटै प्रशिक्षण लिन थालिएको हो । विराटनगरमा बिहान र बेलुका मानिसहरुको चहलपहल बढ्दो भएकाले गत चैत्र २८ देखि बिहान ७ बजे र बेलुका ५ बजेदेखि लकडाउनलाई कडा बनाइएको थियो । तर सर्वसाधारणले अटेर गरेको सुरक्षाकर्मीहरुको गुनासो छ । 

नागरिकलाई कोरोना र लकडाउन सम्बन्धि प्रशिक्षणहरु दिएको भएपनि उल्लङ्घन गर्ने नघटेको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक विकास राईले बताए । उनका अनुसार लकडाउको २१ दिन पुगिसक्दा समेत उल्लङ्घन गर्ने नघटेपछि उनीहरुलाई नै प्रशिक्षण दिन लगाइएको हो । 

लकडाउनको उलङगन गर्ने नबुझने भन्दा पनि अधिकांश बुझनेहरु नै रहेको उनले बताए । सडकमा उभ्याएर नागरिकलाई सजाय दिएको भन्दा पनि शिक्षा दिनका लागि उभिन लगाएको राईको भनाई छ । प्रहरी सडकमा उभिएर २४ घण्टा खटदा कतिको सहज, अप्ठयारो हुन्छ भन्ने शिक्षा दिनलाई उनीहरुलाई उभिन लगाएको उनले भने । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *