संक्रमित युवा सँग आएका २६ जनासँगै बैतडी दोगडाकेदारका पनि रहेकाेले एक वडाबाट अर्को वडामा जान रोक

चैत्र २५, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले एक वडाबाट अर्को वडा जान रोक लगाएको छ ।
नोभेल कोरोना कोभिड १९ को महामारीबाट बच्न गाउँपालिकाले यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए।
उनले भने ‘चैत ११ गते कैलालीको गौरीफन्टा नाकाबाट नेपाल भित्रिएका एक जनामा कोरोना संक्रमणको पृष्टी भईसकेको छ । उनी सँगै त्यहीँ भिडमा दोगडाकेदारका पनी २६ जना रहेछन ।

गाउँपालिकामा हुने सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।
’नेपाल सरकार मन्त्रिपरिषदको बैठकले अन्तरपालिका आवागमन बन्द गर्ने निर्णय गरेकोमा दोगडाकेदार गाउँपालिकाले एक वडाबाट अर्कौ वडामा पनी जान नपाईने निर्णय गरेको हो ।
सिजनल कृषि कार्य बाहेक अरु अत्यावश्यक कामका लागि वडाको अनुमतिमा मात्र अर्को वडामा जान पाईने निर्णय भएको गाउँपालिका अध्यक्ष कार्कीले बताए ।








