बाजुरामा रुघाखोकीले तीन सय परिवार प्रभावित

चैत्र १९, बाजुरा। जिल्लाको खप्तड छेडेदह गाउँपालिका-३ पुडाबाब्लामा रुघाखोकीबाट तीन सयभन्दा बढी परिवार प्रभावित बनेका छन्। एक सातादेखि फैलिएको रुघाखोकी र ज्वरोबाट एक घरका दुईदेखि पाँच जनासम्म बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए। 

सामान्य खोकी लाग्‍ने ज्वरो आउने, रिंगटा लाग्‍ने, खान मन नलाग्‍ने र शरीर थकित  हुनेजस्ता लक्षण बिरामीमा देखिएको स्वास्थ्यकर्मी गणेश रावतले बताए। परिवार नै रुघाखोकीले थला परेपछि सहयोग गर्ने मान्छेसमेत गाउँमा भेटिन छाडेको छ। प्रत्येक घरमा बालबालिकादेखि वृद्धवृद्धासम्म बिरामी परेका छन्। 

गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले मौसम परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराउनुपर्ने अवस्था नरहेको बताइन्। गाउँ नै रुघाखोकीबाट थला परेपछि गाउँपालिका अध्यक्षसहित स्वास्थ्यकर्मीको टोली आएर आधारभूत स्वास्थ्य एकाइ सञ्‍चालन गरिएको छ। -रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eleven =