विपन्नको साहारा थापा परिवार, लकडाउनको समयमा खाद्यान्न वितरण

चैत २१, बागलुङ । कोभिड १९ को विश्वव्यापी माहामारी बढे सँगै नेपाल सरकारले गत चैत १० गतेदेखि देशलाई  पूर्णरुपमा लक डाउन गरेको छ ।   

अहिले दिनभर ज्याला मजदुरी गर्ने अति विपन्न परिवारलाई बिहान बेलुका छाक टार्न समस्या हुन थालेको छ । उनीहरुलाई यो संकटको बेला सहयोगी हातहरु समेत बढन थालेका छन ।   

जापानमा लामो समय देखि होटल व्यावसाय गर्दै आएका गलकोट नगरपालिका ७ मल्म सुन्तलारुखका दुर्गा बहादुर थापा र धर्मपत्नी सकुन केसी थापाको सपरिवारले वडा भित्रका विपन्न, ज्याला मजदुरी गर्ने र दलित परिवारलाई प्रति परिवार १ बोरा चामल, नुन र तेल सहयोग गरिएको थापाका पिता श्याम बहादुर थापाले जानकारी दिए ।   

थापाले बामियामा १३ घरपरिवार, आगाँखेतमा २, सिरबारेमा ६७, भल्साङ, कोल, फलाटे काउले, उकाला १९ , आरानटोल मल्मडाँडा २३, म्याले खोलापारी ५, तल्लो सिरबारे ७, खाली टोकरी झिर्कामा १९ गरि १ सय ५५ घरपरिवारलाई नगद रु १ लाख ७० हजारको राहत सामाग्री सहयोग गरेका हुन् ।   

थापाले विपतको यो घडिमा विपन्न परिवारलाई थोरै भए पनि राहत होस भनि खाद्यान्न सहयोग गरेको बताए ।   

थापा परिवारले स्थानीय संघ, संस्था विद्यालय, मठ मन्दिर र सामाजिक क्षेत्रमा पहिले देखि नै आर्थिक भौतिक सहयोग गर्दै आएका छन् ।   

राहत वितरण अभियानमा वडा अध्यक्ष टिका बहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगर सदस्य छुम बहादुर थापा, नगर सदस्य रुद्र केसी, वडा कमिटी सचिव हुम बहादुर बस्नेत, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देश, सदस्य भुमिराज थापाको उपस्थिती रहेको थियो । 

गलकोट नगरपालिका ७ को वडा कार्यालयको समन्वय तथा घुम्टे युवा परिवारको सहकार्यमा उक्त राहत सामाग्री सहयोग गरिएको यस अभियानका समन्वयकर्ता समाजसेवी खडक बहादुर थापाले बताए ।   

संकटको यो समयमा घरमै राहत ग्रहण गरेपछि आफुहरु खुसी भएको स्थानीय प्रसाद रानाले बताए । यसले आफूहरुलाई राहत मिलेको भन्दै विपन्न परिवारले थापा परिवारलाई धन्यवाद समेत ज्ञापन गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + thirteen =