पार्टी टुक्राउने अध्यादेशबारे माधव नेपालको आयो यस्तो धारणा

वैशाख ९, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतामा आघात पुग्ने काम नगर्न आग्रह गरेका छन् ।  

आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै नेता नेपालले यस्तो आग्रह गरेका हुन् । विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको भन्दै उनले पार्टी पंक्तिलाई भावनात्मक रुपले एकतावद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नुपर्ने धारणा विज्ञप्तिमा राखेका छन् ।  

सरकारले ल्याएको अध्यादेशलाई उल्लेख नै नगरी उनले पार्टी र सरकार कोरोना महामारीमा केन्द्रित हुनुपर्नेमा जोड दिए । ‘यस विषम परिस्थितिमा सरकार पार्टी कहीँबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानूनी शासनको मान्यतामा प्रहार गर्ने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टी एकतामा आघात पुग्नसक्ने काम कुरा हुनु हुँदैन’, नेता नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

साथै उनले विश्व स्वास्थ्य संगठनले जारी गरेकाे मापदण्ड र नेपाल सरकारले गरेकाे निर्णयकाे पालना गर्दै आफूपनि सुरक्षित रहँदै जनताकाे स्वास्थ्य र जीवन सुरक्षामा केन्द्रित रहन र जनसेवाकाे भावनाबाट अग्रसर हुन सबैलाई आग्रह समेत गरेका छन् ।   

विज्ञप्ति 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =