मुम्बईको एकै अस्पतालका २६ नर्स र ३ चिकित्सकमा देखियाे कोरोना

फाइल तस्विर 

चैत्र २४, मुम्बई । भारतको मुम्बईमा एकै अस्पतालका २६ नर्स र ३ जना चिकित्सकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएकाे छ ।  

मुम्बईको वोकहार्ट अस्पतालमा कार्यरत २६ नर्स र तीन चिकित्सकमा कोरोना संक्रमण देखिएकाे भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।  

चिकित्सकहरु नै संक्रमित भएपछि अस्पताल केही समयका लागि बन्द गरिएको छ । उक्त अस्पतालका सम्पूर्ण आपतकालीन र ओपीडी सेवाहरु बन्द गरिएका छन् । 

एकै अस्पतालमा यति तीव्र रुपमा २९ स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि यस विषयमा अनुसन्धान गर्न छानबिन टोलीलाई निर्देशन समेत दिइएको बताइएको छ ।  

भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय नाघेको छ भने ४ हजार ६७ जना संक्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयको सोमबार सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार देशभर मृतकको संख्या १०९ पुगेको हो । २ सय ९१ जना उपचारपछि घर फर्किएका छन्। 

विश्वभरकाे तथ्यांक हेर्ने हाे भने सोमबार बिहानसम्म ६९ हजार ४ सय २४ को मृत्यु भइसकेको छ भने १२ लाख ७२ हजारभन्दा बढी संक्रमित भएका छन् ।  

(यसअघि प्राप्त सूचना गलत भएकोमा सच्याइएको छ । यसले पाठकसामू पर्न गएको असुविधामा हामी क्षमापार्थी छौँ) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *