भारतमा एक नेपालीको मृत्युः आफन्त भन्छन्– ‘शव नेपाल ल्याउनै समस्या भयो’

चैत्र १९, काठमाडौं । भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो । 

लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल नजिकै मृत्यु भएको परिवारले जनाएको छ ।  

गत कात्तिकमा मजदुरीको लागि मदकोट गएका उनको ठगुन्ना झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको जानकारी आएको उनको आफन्त प्रमानन्द ठगुन्नाले बताए । 

घटनाबारे जिल्ला प्रहरी कार्यालय दार्चुलालाई भने हालसम्म जानकारी प्राप्त नभएको जिल्लाका प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले बताए ।  

नेपाल भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा शव ल्याउन समस्या भएको भन्दै पहल गरिदिन मृतकका आफन्तले आग्रह गरेका छन् । 

मृतकका आफन्त चिन्तन ठगुन्नाले भने, ‘हामी गाउँपालिकाबाट पत्र बनाएर ल्याउँछौँ । नेपाल–भारत जोड्ने झोलुङ्गेपुल खुलाउने व्यवस्था गराइदिनु पर्यो । भारतमा मजदुरको मृत्यु भएका कारण अहिले शव नेपाल ल्याउनै समस्या भएको छ ।’ – रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =