किम जोङ ऊन गम्भीर बिरामी परेको आशंका

वैशाख ९, काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन गम्भीर बिरामी परेका छन् । 

अमेरिकी अधिकारीले गुप्तचरको सूचना अनुसन्धान गर्दा शल्यक्रियापछि किमको स्वास्थ्यमा गम्भीर खतरा देखिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ ।  

किम अप्रिल १५ मा आयोजना भएको हजुरबुवाको जन्मदिनको कार्यक्रममा सरिक नभएपछि उनको स्वास्थ्यबारे चासो दिन थालिएको थियो । उनलाई अप्रिल ११ मा सरकारी बैठकमा अन्तिम पटक देखिएको थियो । 

उत्तर कोरियाबारे विशेष चासो राख्ने दक्षिण कोरियाको अनलाइन पोर्टल डेली एनकेले किम अप्रिल १२ मा मुटुसम्बन्धि केही प्रक्रियाबाट गुज्रिएको बताएको छ । 

उक्त पोर्टलले किमको अत्यधिक धुम्रपानको लत, मोटोपना र असाध्यै काम गर्ने बानीका कारण उनी मुटुसम्बन्धि केही प्रक्रियाबाट गुज्रनु परेको बताएको छ । उक्त प्रक्रियापछि उनको ह्याङसान काउन्टीमा थप उपचार भइरहेको पनि उक्त पोर्टलले बताएको छ । 

उत्तर कोरियाको गोप्य खबर थाहा पाउनु निकै नै गाह्रो छ । अमेरिकी गुप्तचरका लागि यो सबैभन्दा चुनौतीपूर्ण काम हो । 

‘किमको स्वास्थ्यबारे विभिन्न हल्ला आइरहेकै छन् । यदि किम अस्पताल भर्ना भएका हुन् भने उत्तर कोरियामा निकै महत्व मानिने अप्रिल १५ को उत्सवमा उनी सरिक नहुनुको यो एउटा कारण हुनसक्छ,’ उत्तर कोरियाका लागि सिआईएका पूर्व डेप्युटी डिभिजन चीफ ब्रुस क्लिग्नरले भने,  ‘तर विगतमा किम जोङ–उन र उनका बुवाबारे गलत समाचार पनि फैलिएको छ । यो पर्खने र हेर्ने बेला हो ।’ एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 20 =