प्रदेश १ लाई एनएमबि बैंकद्वारा एक सय थान पीपीइ हस्तान्तरण

चैत्र २७, काठमाडौं । एनएमबि बैंकले प्रदेश १ सरकारलाई एक सय थान पीपीइ हस्तान्तरण गरेको छ । बैंकले कोरोना भाइरस(कोभिड ९)को उपचारमा संलग्न चिकित्सकहरुका लागि आवश्यक एक सय थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीइ)हस्तान्तरण गरेको हो ।   

बिहिबार एनएमबि बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले कोभिड–१९ विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक एक सय थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका हुन् ।   

सामाग्री हस्तान्तरण कार्यक्रममा मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरुसमेत सहभागि थिए ।   

कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय÷व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ ।   

“यस महामारी विरुद्घको अभियानमा सरकारको पहलकदमीमा हामी पनि सरिक छौं”, प्रदेश प्रमुख घिमिरेले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =