थप नयाँ व्यक्तिमा कोभिड १९ को संक्रमण देखिएको छैन : स्वास्थ्य मन्त्रालय

चैत्र २७,काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको जनाएको छ । 

मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा तीन हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमणको नमूना परीक्षण गरेकोमा थप नयाँ व्यक्तिमा संक्रमण नदेखिएको प्रवक्ता डा. विकास देवकोटाले बताए ।   

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म कूल २८९५ नमूना परीक्षण सम्पन्न भएका छन् । जसमा काठमाडौँ उपत्यकामा रहेको प्रयोगशालामा २३८२ र उपत्यका बाहिर ५१३ नमूना परीक्षण भएका छन् भने १९३ परीक्षण भइरहेका छन् ।   

हालसम्म नेपालभरि सात हजार ९४० जना क्वारेन्टाइनमा छन् ।   

आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या भने ११७ रहेको छ । सोमध्ये काठमाडौँ उपत्यकामा १८ र उपत्यका बाहिर ९९ रहेका छन् ।   

प्रवक्ता देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षणका लागि प्रतिप्रदेश पाँच हजारका दरले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) सामग्री प्रदान गरिएको बताए।   

उनले बाग्लुङ, म्याग्दी र पर्वतका स्वास्थ्कर्मीलाई र्‍यापिड डाइग्नोस्टिक टेस्टसम्बन्धी तालिम दिइएको र परीक्षणसमेत शुरु गरिएको जानकारी दिए।   

त्यस्तै कैलाली र कञ्चनपुरमा हालसम्म ६६ टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रलायले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =