प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बोधन गर्दै

चैत २५, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । 

सरकारले गरेको अहिलेसम्म कोरोना रोकथाम र नियन्त्रणमा गरेको तयारी र भावी कार्यायोजनाबारे जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधन बिहान ११ बजे हुनेछ ।   

प्रधानमन्त्री ओलीले आफूले सम्बोधनको तयारी गरेको जानकारी सोमबारको मन्त्रिपरिषद् बैठकमा समेत गराएका थिए । उनले निर्धक्क भएर स्वास्थ्यकर्मीलाई उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन अपिल गर्ने तयारी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =