दुई सहसचिवलाई सचिवमा पदोन्नति

काठमाडौँ। आज बसेको मन्त्रिपरिषद् बैठकले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बैठकले सहसचिव अर्जुन पोखरेल र सागर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । 

प्रशासन सेवातर्फको सचिवमा बढुवा भएका अर्जुन पोखरेललाई प्रदेश नम्बर २ को प्रमुख सचिवमा पदस्थापना गरिएको छ । प्रदेश नं. २ का प्रमुख सचिव रामकृष्ण सुवेदीलाई सुदूर पश्चिम प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ । 

यस्तै  इन्जिनियरिङ सेवातर्फ सागर राईलाई नेपाल ट्रस्टको कार्यालयमा पदस्थापन गरिएको छ । भने ट्रस्टमा कार्यरत सचिव रामकृष्ण सापकोटालाई अन्यत्र सरुवा गरिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 8 =