अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध लम्ब्याइयो, अब कहिले खुल्छ ?

फाइल तस्विर 

चैत्र २५, काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उडानको प्रतिबन्ध थप लम्बिएको छ ।  

सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकको निर्णय अनुसार अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ गते (अप्रिल ३०) सम्मका लागि बन्द हुनेछ ।  

यसअघिको वैशाख ३ गते (अप्रिल १५) सम्मका लागि हवाई उडान बन्द गर्ने निर्णय भएको थियो । १५ दिन समय थप गरी समिमितले वैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिए । 

उनका अनुसार बैठकले आन्तरिक उडानबारे भने बैठकले कुनै निर्णय गरेको छैन । आन्तरिक उडान वैशाख ३ गतेसम्म बन्द गरिएको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =