आज वर्षाको सम्भावना, यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

चैत २५, काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै रहकाले मौसम बदली भइरहेको छ ।   

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा अपरान्हपछि आँशिक बदली भई मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । बाँकी भू-भागमा मौसम भने सामान्यतया सफा रहने महाशाखाले बताएको छ ।   

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान :- 

null

चैत्र २५ गते (मंगलबार) 

दिउँसोः देशका पहाडी भू-भागमा अपरान्ह पछि आँशिक बदली भई एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।   

रातीः देशका  पश्चिमी भू-भागमा आँशिक देखि  सामान्य बदली भई बाँकी भू-भागमा आंशिक बदली रहने छ।    

चैत्र २६ गते (बुधबार) 

दिउँसोः देशको पश्चिमी भू-भाग  लगायत पुर्वी तथा मध्य पहाडी भू-भागमा  आँशिक देखि  सामान्य  बदली  रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भु-भागका थोरै स्थानहरुका साथै पुर्वी र मध्य पहाडी भू-भागको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । 

रातीः देशको पुर्वी तथा मध्य भू-भाग  लगायत पश्चिमी पहाडी भू-भागमा आँशिक देखि  सामान्य  बदली  रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । 

चैत्र  २७ गते (बिहिबार) 

दिउँसोः देशको पुर्वी तथा मध्य पहाडी  भू-भागमा  आँशिक देखि  सामान्य  बदली  रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पुर्वी तथा मध्य पहाडी भु-भागका एक-दुई स्थानमा अपरान्ह पछि  मेघ-गर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

रातीः  देशको पश्चिमी भू-भागमा आँशिक बदली  रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =