कोरोना प्रकोप : ओमानमा रहेका नेपाली सुरक्षित
२०७६ चैत २८ गते

चैत २८, काठमाडौं । कोभिड-१९ बाट ओमानमा रहेका नेपाली सुरक्षित छन् ।
मस्कटस्थित नेपाली दूतवासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको संक्रमण नभएको जनाएको छ । दूतावासका अनुसार ओमानमा ४५७ संक्रमित भेटिएका छन् । दुईजनाको मृत्यु भएको छ भने ७१ जना निको भएका छन् ।
आजदेखिदेखि १२ वैशाखसम्म ओमान सरकारले लकडाउन गर्ने तयारी गरेको भन्दै दूतावासले उक्त समयमा अत्यावश्यकबाहेक कुनै पनि काममा घरबाहिर ननिस्कन त्यहाँका नेपालीमा आग्रह गरेको छ । भिषाको म्याद समाप्त भए अनलाइनबाट थप गर्ने व्यवस्था मिलाएको छ । रासस

२०७६ चैत २८ गते
प्रतिक्रिया
सम्बन्धित








