दुबईमा कोरोनाबाट एक नेपाली महिलाको मृत्यु, ११ संक्रमित

चैत २५, काठमाडौं । दुबईमा कोरोना भाइरस संक्रमणबाट एक नेपाली महिलाको मृत्यु भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा घरेलु काममा गर्ने ४० वर्षीय नेपाली महिलाको कोरोनाबाट मृत्यु भएको हो ।   

ती महिला रुपन्देहीको देवदह–६ की रहेको जनाइएको छ । पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी उनी कार्यरत घरमै मृत अवस्थामा फेला परेकी थिइन् । पछि अस्पताल लग्दा अस्पतालले शुक्रबार नै मृत घोषणा गरेको थियो ।   

दुबईस्थित अल रफ्फा प्रहरी चौकीले महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन आफन्तलाई उपलब्ध गराएको हो । उनी १० वर्षदेखि दुबईमा कार्यरत थिइन् ।   

null

आवुधावीस्थित नेपाली दूतावासले यसको पुष्टि गरेको छ । दूतावासका अनुसार यूएईमा सोमबार थप तीन नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । हालसम्म ११ जना पुगेको छ । तीमध्येदुई जनालाई निको भइसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 2 =