लकडाउनमा उल्लंघन गर्नेलाई ठाउँको ठाउँ जरिवाना !

चैत्र २८, काठमाडौं । चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र लकडाउन उलङ्घन गर्नेहरूलाई ठाउँको ठाउँ जरिवाना लगाइने भएको छ । 

चन्द्रागिरिलाई सुरक्षित कोरोना संक्रमणबाट नागरिहरूलाई सुरक्षित बनाउन नगरपालिकाले १०० देखि १ हजारसम्म जरिवाना गर्ने निर्णय गरेको हो । 

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले  संक्रमण हुने जोखिम न्युनिकरणको लागि घरभित्रै बस्नुको विकल्प नरहेको बताउँदै जथाभावी अनावश्यक हिँड्डुल हुन थाले पछि नगरपालिकाको आर्थिक ऐन २०७६ अन्तर्गत कारबाही गरिने बताए ।  

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले चन्द्रागिरि नगरपालिकामा केही व्यक्तिहरू अझैपनि अनावश्यक रूपमा हिँड्डुल गर्ने, भित्रि एरियाहरूमा लुकिछिपि मदिरा तथा चिया पसलहरू खोल्ने गरेको पाईएकोले त्यसको नियन्त्रण गरी लकडाउनको पुर्ण पालना गरी समस्त नगरवासीलाई संक्रमणबाट सुरक्षित बनाउन प्रहरी कडा रूपमा परिचालित भएको बताए । 

शुक्रबार बिहानदेखि सुरू गरिएको कारबाहीमा ५२ जनालाई जरिवानाका साथै दुई घण्टा उभ्याउनुका साथै थानकोट प्रहरीले संक्रमण सम्बन्धि सचेत समेत गराएको छ । दुई पटक भन्दा बढि नियम उलङ्घन गरेमा दवल दस्तुर सहित कारबाही हुने नगरपालिका प्रमुख गिरी भनाइ छ  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 9 =