सेनाको हेलिकप्टरद्वारा गर्भवतीको उद्धार

वैशाख ४, डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ७ की २१ वर्षीया गर्भवती विपना रोकायालाई  हवाई उद्धार गरिएको छ ।  

सुत्केरी हुन जिल्ला अस्पताल आएकी उनको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले प्रदेश अस्पताल सुर्खेत ‘रिफर’ गरेका थिए । चिकित्सकका अनुसार उनको पेटमा नवजात शिशु उल्टो अवस्थामा रहेको बताइएको छ ।  

नेपाली सेनाको हेलिकप्टरद्वारा आज जिल्ला सदरमुकामबाट दुनैबाट उनलाई उद्धार गरिएको जिल्ला अस्पतालले जनाएको छ । विपनालाई सुत्केरी गराउन यही वैशाख २ गते जिल्ला अस्पताल ल्याइएको उनका श्रीमान् लक्ष्मीले जानकारी दिए । रासस 

गर्भवती र सुत्केरीलाई अब निःशुल्क ...

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seven =