धरानको सडकमा बस्नेहरुलाई लांघाली वनमा राखियो

बैशाख १,धरान(सुनसरी) । धरानको सडकमा बसेकाहरुलाई लांघाली वनमा क्वारेन्टाइन बनाएर राखिएको छ । धरानको मुख्य चोक भानुचोक तथा सडकमै बसेर जिन्दगी बिताउनेहरुलाई कोरोना माहामारीबाट जोगाउन सोमबार धरान ८ स्थित लांघाली सामुदायिक वन उपभोक्ता समूहको आवास गृहमा क्वमरेन्टाईन बनाई राखिएको हो । 

धरान उपमहानगरपालिकाले  सडकमा खाने र बस्नेलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगाउन यस्तो व्यवस्था गरेको हो । केही दिन नगरपालिकाले सडकमा जीवन बिताउनेहरुलाई वस्थापन गर्ने निर्णय  गरेको थियो । सोही निर्णय अनुसार वन समुहको आवास गृहमा २५ थान बेड तयार गरी ४५ जनालाई राखिएको हो ।   

उनीहरुलाई  खान बस्नको लागि ८ नम्बर वडा कार्यालय र वन समुह तथा मारवाडी सेवा समितिको सहकार्यमा व्यवस्था मिलाईएको धरानकी उपमेयर मन्जुभण्डारीले जानकारी दिईन ।   

मारवाडी सेवा समितिले बस्नको लागि २५ थान मेट्रेस, ओढ्ने र ओछ्याउने २५ थान, सिरानी २० थान उपलब्ध गराएको छ ।   

त्यस्तै लगाउनको लागि टिसर्ट ५४ थान, ट्राउजर २० थान समेत  उपलब्ध गराएको मारवाडी सेवा समितिका अध्यक्ष अनिल अग्रवालले जानकारी दिए । अग्रवालले आवश्यकता अनुसार थप कपडा एवं सामग्री समितिले उपलब्ध गराउने बताए ।   

वडा कार्यालयका सदस्य एवं सडक मानव व्यवस्थापन गर्न बनेको अनुगमन समितिका संयोजक राम थापा मगरले लकडाउन अवधिभर सडकमा बसिरहेकाहरुलाई लांघाली वनको आवास गृहमा लगेर राखेको र भोलीबाट दैनिक रुपमा खाना खुवाउने व्यवस्था समेत मिलाईने बताए ।   

  

धरानका मेयर तिलक राईले उनीहरुलाई लकडाउन भरि यहाँ राखिने र लकडाउन हटेपछि घर पत्ता लगाई जिम्मा लगाउने बताए । उनले घरबार बिहीनहरुलाई सम्बन्धित संस्थाहरु बालआश्रम तथा बृद्धाआश्रममा  ब्यवस्थापन गरिने समेत जानकारी दिए ।   

केही महिना अघि मानव कल्याण हेल्प लाईन सेवाले समेत ती सडक बालबालिकहरुलाई सडक बालबालिका मुक्त शहर बनाउने अभियान अन्तर्गत पक्राउ गरी लगेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =