आज चट्याङसहित वर्षाको सम्भावना, यस्तो छ दुई दिनको पूर्वानुमान

चैत २६, काठमाडौं । हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले मौसम बदली भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी भु-भाग, पुर्वी र मध्य पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
यस्तो छ आगामी दुई दिनको मौसम पूर्वानुमान :-
null
चैत्र २६ गते (बुधबार)
दिउँसोः देशको पश्चिमी भू-भाग लगायत पूर्वी तथा मध्य पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भु-भागका थोरै स्थानहरुका साथै पुर्वी र मध्य पहाडी भू-भागको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पुर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
चैत्र २७ गते (बिहिबार)
दिउँसोः देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य पहाडी भु-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघ-गर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पश्चिमी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।








