यस्तो छ आगामी तीन दिनको देशभरको मौसमी अवस्था

चैत्र २७, काठमाडौं । आगामी तिन दिन मुलुकको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ ।
महाशाखाका अनुसार हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पूर्वी तराई भू–भागका साथै मध्य भू–भागमा आंशिक बदली रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
null
चैत्र २७ गते (बिहीबार)
आज दिउँसोः देशको पूर्वी तथा मध्य पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ । पूर्वी तथा मध्य पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्ह पछि मेघगर्जन, चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
रातीः देशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना छ ।
चैत्र २८ गते (शुक्रबार)
दिउँसोः देशको पश्चिमी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान छ ।
रातीः देशको पश्चिमी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
चैत्र २९ गते (शनिबार)
दिउँसोः देशको पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पश्चिमी पहाडी भू–भागमा अपरान्ह पछि सामान्य बदली भई एक–दुई स्थानमा चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पश्चिमी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।








