कपिलवस्तुमा आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु

चैत २५, काठमाडौं । कपिलवस्तु अस्पालतालको आइसोलेसनमा राखेर उपचार गरिएको एक बिरामीको मृत्यु भएको छ ।   

विजयनगर गाउँपालिका-२ जलैयाका ३० वर्षीय गोवर्द्धन भरको सोमबार साँझ मृत्यु भएको हो । तर उनको मृत्युको कारण के हो भन्ने पुष्टि भइसकेको छैन । 

अस्पतालका मेडिलक सुपेरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेका अनुसार कोरोना परीक्षणका लागि मृतकको थ्रोट स्वाब संकलन गरी काठमाडौं पठाउने तयारी हुँदै गर्दा उनको मृत्यु भएको हो । मृतक पहिल्यैदेखि मुटु र फोक्सोको समस्याले ग्रसित थिए ।   

उनलाई ज्वरो आउने, खोकी लाग्ने तथा छाती दुख्ने जस्ता लक्षण देखिएपछि कोरोना आशंकामा शनिबार मात्रै आइसोलेसनमा भर्ना गरिएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − three =