प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

चैत २२, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक डाकिएको हो।  

बैठकमा लकडाउनको कारण सर्वसाधरणलाई परेको प्रभाव, लकडाउनको अवधि लगायत अन्य नियमित समसामयिक बिषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा पनि छलफल हुने बताइएको छ। आज बस्ने मन्त्रिपरिषद् बैठकमा ‘लकडाउन’लाई निरन्तरता दिने/नदिने बारेमा पनि छलफल हुने बालुवाटार स्रोतले जनाएको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =