अमेरिकामा एकैदिन १४ सय ८० को मृत्यु, मृतकको संख्या ७ हजार नाघ्यो

चैत २२, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण अमेरिकामा एकैदिन एक हजार ४८० जनाको मृत्यु भएको छ । 

जोन होप्किन्स युनिभर्सिटीले दिएको पछिल्लो अपडेट अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४८० जनाको मृत्यु भएको हो । अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र ३ हजार २१८ जनाको मृत्यु भएको छ । त्यस्तै न्यूजर्सीमा ६४६ जनाको मृत्यु भएको छ भने मिचिगनमा ४७९ जनाको ज्यान गएको छ । 

त्यस्तै लुसियानामा ३७०, वाशिंटनमा २९१, क्यालिफोर्नियामा २७५, इलिनियोइसमा २१०, जर्जियामा १९८, मसाचुसेट्समा १९२, फ्लोरिडामा १७०, कोनेक्टीकटमा १३१, कोलोरोड़ोमा १११, पेन्सिलभेनिया र इण्डियनामा १०२-१०२ जनाको मृत्यु भएको छ । 

null

बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट ७ हजार ४ सय ६ को मृत्यु भएको छ भने २ लाख ४४ हजारभन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म कुल २ लाख ७६ हजार ९६५ जना संक्रमित भएका छन् भने अहिलेसम्म १२ हजार २८३ जना ठिक भएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *