कपिलवस्तुका मृतकको कोरोना रिपोर्ट नेगेटिभ

चैत्र २५, काठमाडौं । कोरोना आशंकामा कपिलवस्तु अस्पतालको आइसोलेसन वार्डमा उपचारका क्रममा मृत्यु भएका एक युवकको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।  

कपिलवस्तुको विजयनगर २ जर्लैया घर भएका उनको सोमबार साँझ उपचारका क्रममा मृत्यु भएको थियो ।  

कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको आशंका गरिएकोमा परीक्षणपछि कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा किशोर बञ्जााडेले जानकारी दिए ।  

बञ्जााडेका अनुसार स्वाब परीक्षणका लागि भैरहवा पठाइएको थियो । बिरामीलाई शुक्रबार शिवराज नगरपालिकाको चन्द्रौटामा रहेको अस्पतालबाट सिफारिस गरी कपिलवस्तु अस्पताल पठाइएको थियो ।  

‘छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएकाले आइसोलेशनमा राखेर उपचार गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनको शव परिवारलाई जिम्मा लगाइएको छ’, उनले भने ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *