नेपाल एयरलाइन्सका दुई जहाज आज चीन जाने
२०७७ वैशाख ४ गते

वैशाख ४, काठमाडौं। कोरोना संक्रमण तथा रोकथाम लगायतका मेडिकल सामान ल्यान नेपाल एयरलाइन्सका दुई वटा वाइडबडी जहाज आज चीन जाने भएका छन्। चीनबाट मेडिकल सामान ल्याउन निजी कमपनीले चार्टर्ड गरी नेपाल एयरलाइन्सका जहाज लैजान लागेका हुन्।
कोरोना संक्रमण तथा रोकथामका लागि पछिल्लो समय निजी क्षेत्रबाट धमाधम मेडिकल सामग्री आयात भइरहेको छ। नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार बिहीबार साँझ दुबै जहाजले चीनको ग्वाङझाउतर्फ जाने छन्। उनका अनुसार फ्लास फ्रेटले एउटा र सांग्रिला फ्रेटबाट अर्को जहाज चार्टड भएको हो।
पौने ७ बजे उड्ने यी जहाज शुक्रबार बिहान काठमाडौं र्फकनेछन्। यससँगै चीनको ग्वाङझाउमा नेपाल एयरलाइन्सको यो चौथो चार्टर्ड उडान हुनेछ। सबै उडान मेडिकल सामग्रीको आपूर्तिका लागि भएको हो।

२०७७ वैशाख ४ गते
प्रतिक्रिया
सम्बन्धित








