अभिनय छोडेर राहत बाँड्दै धरानका कलाकार

धरान, सुन्सरी । अभिनय छोडेर धरानका कलाकारहरु राहत बाँड्नमा व्यस्त छन् । धरानका रंगकर्मी तथा कलाकार, निर्माता, निर्देशकहरुको समूहले गएको बुधवार धरान १५ स्थित शिवगंगा बस्तीका १ सय घर परिवारलाई १ हजार केजि चामल, १ सय लिटर खाने तेल, १ सय केजि मसुरो दाल, ५० केजि सोयाबिन, १ थान डिटोल साबुन र माक्स वितरण गरेका हुन् ।   

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कलाकर्मीहरु एकजुट भएर लागेका छन् । कोरोना भाइरसको रोकथामका लागि भएको लकडाउनले  भोकमरीमा पर्न लागेका विपन्न परिवारहरुका लागि राहत पुर्‍याउने, संक्रमणको जोखिममा रहेका सर्वसाधारणमा सचेतना बढाउन आवश्यक रहेकाले धरानका कालाकारहरु पनि राहत सामाग्री संकलन र वितरण कार्यमा एकजुट भएका हुन् ।   

संघीय राजधानी काठमाडौं उपत्यकामा चलचित्र प्राविधिकहरु, कलाकारहरु एकजुट भई सहयोग जुटाई रहेको बेला काठमाडौं उपत्यका बाहिर धरानमा पनि  पहिलो पटक कलाकर्मीहरुले राहत वितरण गरेका छन्।   

वडा १५ का अध्यक्ष नरेश ईवारामले स्थानीय वडा समितिसँग समन्वय गराएपछि कलाकर्मिहरुले स्थानीन समुदायलाई राहत समाग्री वितरण गरेका हुन् ।   

यसअघि धरान ७ मा  सञ्चालन हुँदै आएको व्हाईट हाउस कलेजले राहत अभियान संचालन गर्दै कलाकर्मीहरुलाई राहत वितरणमा एकजुट हुन आह्वान गरेका थिए  । राहत वितरणमा धरान सभागृहमा प्रस्तावित नाटक घर निर्माणका लागि गठन भएको उपभोक्ता समितिले कलाकर्मिहरुलाई भेला गराएर राहत संकलन तथा विरण गरेको हो ।   

राहत सामाग्री सहयोग गर्नेमा चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष निर्देशक समाजका सचिव, निर्माता निर्देशक अरुण प्रधान, पूर्वका अग्रज वरिष्ठ कलाकार तथा निर्देशक प्रेम सुब्बा, निर्माता तथा कलाकर नवीन मेन्याङ्वो, निर्माता तथा कलाकार किशोर सम्बाहाम्फे, निर्माता निर्देशक रबिन श्रेष्ठ, निर्माता, कलाकार हिमाल दहाल, निर्देशक,  कलाकार विजय सुब्बा, लेखक पत्रकार राजेश बिद्रोही छन् ।   

राहत अभियानमा बिजयपुर बचत तथा ऋण सहकारीले पनि उल्लेखनीय योगदान गरेको बताइएको छ । राहत कार्यको अगुवा व्हाईट हाउस धरानले अहिलेसम्ममा ८०० भन्दा पनि बढी परिवारलाई रहत सहित ७ हजार बढी मास्क, साबुन वितरण गरिसकेको सिईओ अरुण प्रधानले बताए ।   

उनका अनुसार राहत वितरणलाई निरन्ता दिनका लागि देश विदेशमा रहेका कलाकर्मी, निर्माता, निर्देशक, चलचित्र व्यवसायी तथा समाजसेवीहरुलाई राहत सामाग्रीको लागि सहयोग गर्न आव्हान गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *