कोरोना रोकथामका लागि लकडाउन बैशाख ३ गतेसम्म थप

चैत्र २४, काठमाडौं । सरकारले लकडाउन तेस्रो हप्ता पुर्याएको छ । आज बसेको मन्त्रिपरिषद्ले यस अघि कोरोना भाइरस रोकथाम नियन्त्रण उच्चस्तरीय समितिले प्रस्तावलाई पारित गर्दै लकडाउन ८ दिन थप गरेको हो । मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।
सरकारले लकडाउनको अवधि दोस्रो पटक थपेको हो । कोरोना भाइरसको दोस्रो संक्रमित भेटिएपछि सरकारले पहिलो पटक चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।
त्यसपछि पुनः भोली अर्थात चैत्र २५ गतेसम्म थपियो । यसैविच नेपालमा कोरोना संक्रमण स्थानीय स्तरमा भेटिएपछि लकडाउनलाई थप कडाई गर्दै आठ दिनका लागि थप गरेको बताएको छ । नेपालमा अहिलेसम्म ९ जनालाई कोरोना पोजेटिभ देखिएकोमा एक जना पूर्ण निको भइसकेका छन् । बाँकी ८ जना अझै आइसोलेसनमा रहेका छन् ।
null
सरकारले दोस्रो पटक लकडाउनको अवधि थप गरेसँगै मुलुकको जनजिवन अत्याधिक प्रभावित हुन सक्ने देखिएको छ । खासगरी ज्यालामजदुरी गरेर जिवनयापन गर्ने वर्गलाई छाक टार्न समस्या देखिने भएको छ ।








