प्रधानमन्त्रीको आदेशले दार्चुला नाकामा नेपाली रोकिएको नेता बडूको आरोप

चैत्र २०, काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले गृहजिल्ला दार्चुलाको सीमा नाकामा अलपत्र परेका नागरिकलाई नेपाल ल्याएर अनिवार्य रुपमा स्थानीय तहको निगरानी क्वारेन्टाइनमा राख्न भएको सहमतिलाई प्रधानमन्त्री केपी ओलीको आदेशमा रोकिएको आरोप लगाएका छन् । 

नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यसमेत रहेका  नेता बडुले स्वास्थ्य परीक्षण गराई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने शर्तनामासहितसम्बन्धित गाउँमा पुर्‍याउनका लागि सवारीसाधनसमेतको व्यवस्था गरिएकोमा  प्रधानमन्त्रीको आदेश पछि उनीहरुलाई रोकिएको आरोप लगाएका छन् ।   

उनले ‘चैत १७ गते गते बिहान दार्चुलाका प्रमुख जिल्ला अधिकारीको समन्वय र नेपालतर्फ नाकाको मुखमा पर्ने महाकाली नगरपालिकाका प्रमुख र कर्मचारीहरूको सक्रियतामा प्रवेश गर्नुपर्ने दुवै नाकाहरूमा स्वास्थ्य परीक्षण गराई स्पष्ट अभिलेखसहित उनीहरूलाई आ आफ्नो गाउँपालिका र नगरपालिकामा अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने शर्तनामासहित सम्बन्धित गाउँमा पुर्‍याउनका लागि सवारीसाधनसमेतको व्यवस्था गरिएको तर अकस्मात ‘प्रधानमन्त्तीज्यूको आदेश’ भन्दै नेपाल सरकारले आफ्नै निर्णय विपरित सम्पूर्ण व्यवस्थापन रोकिदिएका कारण ती सबै नागरिक थप बिचल्लीमा परेको’ विज्ञप्तीमा उल्लेख गरेका छन् ।   

उनले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर दार्चुला प्रशासनसँग सीमा नाकामा अलपत्र परेका नागरिकलाई सम्बन्धित गाउँपालिका र नगरपालिकामा अनिवार्य क्वारेन्टाइनमा पठाउने व्यवस्था गर्न माग गरेका छन् ।   

नेता बडूले दार्चुलाका लागि ‘पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गत आलु आर्थिक वर्षमा विनियोजित रकम छ करोड रुपैयाँ अहिलेको परिस्थितिमा नागरिकको जीवन रक्षाको प्रयोजनका लागि खर्च गर्दा सदूपयोग हुने भन्दै आजैका मितिदेखि खर्च हुन बाँकी रकम कोरोना संक्रमण रोकथामका लागि प्रयोग गर्न पनि प्रस्ताव गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 4 =