वीपी प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञानेन्द्र गिरी नियुक्त

चैत्र २७, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञानेन्द्र गिरी नियुक्त भएका छन् । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरका डा. गिरीलाई उपकुलपतिमा नियुक्ति गरेका हुन् ।   

लामो रस्साकस्सी पछि डा. गिरी प्रतिष्ठानको उपकुलपति हुन सफल भएका हुन् । विगत तीस वर्षदेखि चिकित्सा क्षेत्रमा सक्रिय डा. गिरी पछिल्लो समय विराटनगर स्थित विराट नर्सिङ होममा चिकित्सकीय सेवा प्रदान गर्दै आइरहेका छन् ।   

स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानको उपकुलपति नियुक्तिमा डा. गिरीसँगै प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा. गुरु खनाल, झापाका डा. गेहनाथ बराल तथा प्रतिष्ठानकै अर्का चिकित्सक डा. संजिव शर्मालाई सिफारिस गरेको चर्चा थियो ।   

प्रतिष्ठानको उपकुलपति नियुक्तिको चिठ्ठी प्राप्त गरेपछि डा. ज्ञानेन्द्र गिरीले आफु इमान्दार भएर प्रतिष्ठानको विकास र विस्तारमा लाग्ने बताए । मकालु खबरसँग कुरा गर्दै डा. गिरीले भने–‘प्रतिष्ठानको गिरेको साखलाई पुर्नजिवित गर्नुछ । म गलत काम गर्दिन र गर्नपनि दिन्न ।’ 

प्रतिष्ठानमा विगतमा भएका गलत कामहरुको समेत निष्पक्ष भएर छानविन गर्दै प्रतिष्ठानको शिक्षा स्वास्थ्य र अनुसन्धानको कार्यलाई अन्तराष्ट्रिय उचाईमा पुर्याउने आफ्नो लक्ष्य रहने बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =