वीपी प्रतिष्ठानले १२ वटा स्वाब परीक्षण गरेकोमा १२ वटै कोरोना नेगेटिभ

चैत्र २०, सुनसरी । धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना ल्याव स्थापना भएपछि १२ वटा स्वाब परीक्षण गरिएकोमा रिपोर्ट आएको छ ।
हिजो प्रतिष्ठानले गरेको १२ वटा स्वाब परीक्षणको रिपोर्ट कोरोना नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।
बीवी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्याबमा परीक्षण गरिएका १२ वटा स्वाबमा १२ वटै कोरोना नेगेटिभ देखिएको प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले जानकारी दिए । ‘प्रतिष्ठानमा कोरोना ल्याब स्थापना भएपछि पहिलो पटक गरिएको १२ वटा स्वाब परीक्षण कोरोना नेगेटिभ देखिएको छ ।’ उनले भने ।

प्रतिष्ठानले हिजो एउटा थ्रोट स्वाबको नमुना संकलन गरेको थियो । एक पल्टमा १२ वटाको हाराहारीमा थ्रोट स्वाब संकलन भएपछि प्रतिष्ठानले ल्याब परीक्षण गर्ने गरेको छ ।
आइतबारदेखि प्रतिष्ठानमा कोरोना ल्याब सञ्चालनमा ल्याएपछि एक नं. प्रदेशमा कोरोना परीक्षण सहज र छिटो भएको छ । यसअघि प्रदेश १ बाट संकलित स्वाब काठमाडौं स्थित राष्ट्रिय प्रयोगशाला ल्याउनु पर्ने बाध्यता थियो ।








