कोरोना कोषमा नेशनल लाईफको ५१ लाख

चैत्र २८, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५१ लाख राहत प्रदान गरेको छ ।  कोरोना भाइरस सोकथाम, नियन्त्रण र उपचारका लागि नेशनल लाइफ इन्स्योरेन्सले सरकारी कोषमा उक्त सहयोग गरेको हो ।   

आज कम्पनीको सञ्चालक समितिका अध्यक्ष  श्रीमती प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई  उक्त रकम बराबरको चेक प्रदान गरिन् ।   

उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष एवं कम्पनीको सञ्चालक समितिको सदस्य भवानी राणा, कम्पनीको प्रमुख कार्यकारी अधिकृत भरत वस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको पनि उपस्थिति थियो ।   

कम्पनीले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी सहयोग प्रदान गर्दै आएको छ र यसबाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।   

सरकारले स्थापना गरेको कोषमा विभिन्न संघसंस्था तथा ब्यापारीक घरानाहरुले सहयोग गर्ने क्रम जारी छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *