प्रहरीका १० एसएसपीको डीआईजीमा बढुवा (सूचीसहित)
२०७६ चैत २९ गते

चैत २९, काठमाडौं । नेपाल प्रहरीतर्फ १० प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरिएको छ ।
प्रहरी नियमावली २०७१ (संसोधनसहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस समितिको यही चैत २८ गतेको निर्णयले बढुवा सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
बढुवा सिफारिसमा परेका एसएसपीहरुमा घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसी रहनुभएको छ । गृहसचिवको नेतृत्वमा उक्त बढुवा समिति रहेको छ ।

२०७६ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित








