भगवती चौधरी द्वारा इटहरी उपमहानगरपालिकालाई २ हजार किलो खाद्यान्न प्रदान

चैत्र २५, सुनसरी । महिला नेतृ पूर्वराज्यमन्त्री भगवती चौधरीले इटहरी उपमहानगरपालिका लाई २ हजार केजी चामल राहत स्वरुप उपलब्ध गराएकी छिन् ।  कोरोना भाइरस रोकथाम नियन्त्रणका लागि सरकारले लकडाउन गरेसँगै गरिब विपन्न वर्गका जनताहरुलाई खाद्यान्न अभाव भएपछि नेतृ चौधरीले इटहरी उपमहानगरपालिकालाई उक्त खाद्यान्न सहयोग गरेकी हुन् ।   

यस्तै चौधरीले खनार नदीखापका सुकुम्बासी परिवारलाई पनि दुई क्विन्टल चामल सहयोग गरेकी छिन् । दैनिक गुजारा गरी जिवनयापन गरिरहेका यहाँका सुकुम्बासी परिवार लकडाउनका कारण भोकै रहेको थाहा पाएपछि नेतृ चौधरीले चामल सहयोग गरेकी हुन् ।   

दुहवी र गढी गाउँपालिकाका दलित वस्तीमा समेत खाद्यान्न तथा मास्क र साबुन वितरण गरेकी चौधरीले लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गरिखाने श्रमिक, मजदुरहरुको जिवन अफ्टेरोमा परेको भन्दै अन्यलाई पनि सहयोग गर्न आग्रह गरेकी छिन् ।   

Image may contain: 1 person, sitting and indoor

कोरोना भाइरस विश्वब्यापी भएको र पछिल्लो समय नेपालपनि त्यसको चपेटामा परेको स्मरण गर्दै नेतृ चौधरीले राज्यले जनताको जिवनरक्षाका लागि अपनाएका कुनैपनि रणनीतिहरुमा जनताले पनि साथ दिनुपर्ने बताइन् ।   

‘जनताको स्वास्थ्यप्रति राज्य जिम्मेवार हुनुपर्छ भने जनतालेपनि यस्तो महामारीका बेला राज्यले निर्देशन गरे अनुसार सकेसम्म सुरक्षित रुपमा घरमै रहनुपर्दछ ।’ उनले भनिन् । नेतृ चौधरीले स्थानीय तहमा सरकारले घोषणा गरेको राहतको कार्यक्रम प्रभावकारी रुपमा नपुगिरहेको जिकिर गर्दै स्थानीय निकायले कुन क्षेत्रका जनता बढि कमजोर छन् उनीहरुलाई तत्कालै राहत पुर्याउने ब्यवस्था गर्नुपर्ने बताइन् ।   

‘यो संकटको बेला यो पार्टी, त्यो पार्टी भनेर जनतालाई भेदभाव गर्ने हैनकी चाँडोभन्दा चाँडो सहयोग पुर्याउन जरुरी छ । स्थानीय निकायको ध्यान जावोस ।’ चौधरीले भनिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =